Butwal Today

रसुवाका बाढीपीडितलाई रोटरी क्लब अफ भैरहवाद्वारा १ लाख १२ हजार बढी सहयोग

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

भैरहवा ।

रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित भएका बाढीपीडितहरूका लागि रोटरी क्लब अफ भैरहवाले आर्थिक सहयोगको घोषणा गरेको छ ।

​क्लबले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बाढीका कारण भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत स्वरूप एक लाख बाह्र हजार दुई सय बाइस रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

​रोटरी क्लब अफ भैरहवाका अध्यक्ष रो. अजय कुमार गुप्ता र सचिव रो. हरि प्रसाद आचार्यद्वारा हस्ताक्षरित पत्रमा विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । साथै, बाढीमा परी हालसम्म बेपत्ता रहेका व्यक्तिहरूको सकुशल उद्धार तथा सुरक्षित फिर्ताको कामना गरिएको छ ।

​यस कठिन परिस्थितिमा पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारी निकायहरूसँग समन्वय गरी सहयोग पुर्‍याउन क्लब प्रतिबद्ध रहेको जनाइएको छ । घोषित राहत रकम आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमार्फत पीडितसम्म पुर्‍याउन अनुरोध गर्दै क्लबले आवश्यक समन्वयका लागि सदैव तयार रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?