© 2026
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुदा २ जनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा भूमिकास्थान ८ का बाबु अन्दाजी ६२ बर्षिय देवीराम आचार्य र उनका अन्दाजी २३ बर्षिय छोराको मृत्यु भएको जिल्ला
प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले बताए ।
घटनास्थलमा प्रहरी प्रमुख डिएसपी जिसिको कमाण्डमा प्रहरी पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।