Butwal Today

लिबियाको हतियार तथा गोला बारुद भण्डारमा  विस्फोट

६ भाद्र २०८३, शनिबार
अ+
अ-

त्रिपोली । पश्चिमी लिबियाको हतियार तथा गोला बारुद भण्डारण सुविधामा शुक्रबार साँझ विस्फोट हुँदा भण्डारण गरिएका  मिसाइल र गोला बारुद उडाएको स्थानीय मिडिया  तथा अधिकारीहरूले जनाएका छन् ।

यो भण्डारण लिबियाको राजधानी त्रिपोलीबाट करिब २०० किलोमिटर पूर्वमा अवस्थित मिसराता सहरको दक्षिणमा अल–सिक्त क्षेत्रमा  रहेको जनाइएको छ ।

गोला बारुद भण्डारभित्र लगातार विस्फोट जारी रहेको स्थानीय मिडियाले जनाएका छन् भने  अधिकारीहरूले नजिकैका सडक सञ्जालहरु बन्द गरेर थप जोखिमहरू विरुद्ध सावधानीका तथा सुरक्षाका उपायहरू अवलम्बन गरिरहेको जनाएको छन् ।

लिबिया सरकारका कार्यवाहक आन्तरिक मन्त्रीले अल–सिक्त क्षेत्रको गोला बारुद र हतियार भण्डारणमा  भएको विस्फोटबारे निर्देशन जारी गरेको सुरक्षा मिडिया विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विस्फोट स्थल र वरपरका क्षेत्रहरूको सर्वेक्षण गर्न र विस्फोटका अवशेषहरू सङ्कलन गर्न सुरक्षा टोलीहरू पठाइएको विज्ञप्तिमा जनाइएको छ ।

विस्फोटको कारण वा क्षति बारेमा आल सम्म कुनै पनि आधिकारिक जानकारी उपलब्ध हुन नसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?