Butwal Today

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ: मन्त्री रावल

६ भाद्र २०८३, शनिबार
अ+
अ-

सुदूरपश्चिम । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताएकी छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उनले अव्यवस्थित बसोबास, भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको  बताइन । मन्त्री रावलले विकासका अन्य गतिविधिजस्तै भूमिसम्बन्धी समस्या  समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गरिन ।

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६००  दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गरिन । मन्त्री रावलले भूमि समस्या समाधान कार्यका लागि आवश्यक स्रोतसाधन, जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले कैलालीमा चाडै लालपुर्जा वितरण गर्ने तयारीबारे छलफल भएको जानकारी दिए । मन्त्री रावल कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्य तालिका रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?