Butwal Today

‘गौंथली’ बन्यो नेपाली फिल्म इतिहासकै दोस्रो धेरै कमाउने फिल्म

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । ‘गौंथली’ नेपाली फिल्मको इतिहासमा अहिलेसम्मकै दोस्रो धेरै कमाउने फिल्म बनेको छ । प्रदर्शनको २८औँ दिन बिहीबार दिउँसो १ बजेसम्म फिल्मले देशभरबाट २१ करोड ४४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

सोही अवधिसम्म फिल्म ७ लाख ९० हजार दर्शकले हेरेका छन् । कपिल रिजाल निर्देशित ‘गौंथली’ले ‘कबड्डी ४’ को २१ करोड ४० लाख रुपैयाँ ग्रस कमाइलाई उछिनेको हो । नेपाली फिल्ममध्ये सर्वाधिक कमाइको रेकर्ड भने ‘पूर्णबहादुरको सारंगी’को नाममा छ । उक्त फिल्मले ४६ करोड ८७ लाख रुपैयाँ ग्रस कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?