Butwal Today

बजेट पेस हुन नसकेका मधेसका ५ पालिकामा मन्त्रालयको स्थलगत छलफल

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।

बजेट पेस हुन नसकेका मधेस प्रदेशका क्रमशः कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिकाको सम्बन्धमा छलफल गरिने भएको छ ।

चालु आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त पालिकाको सभामा बजेट पेस हुन नसकेपछि त्यहाँका स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल सुरु हुन थालेको हो ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा हुन लागेको उक्त छलफलको नेतृत्व मन्त्रालयका सहसचिवले गर्ने मन्त्रालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका सङ्घका अध्यक्षलगायतका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

प्रतिनिधिमण्डलले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा नगरपालिका, फतुवा विजयपुर नगरपालिका र मौलापुर नगरपालिका पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नेछ ।

स्थानीय तहको बजेट प्रक्रिया अवरुद्ध हुँदा सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित हुने भएकाले समाधानका लागि मन्त्रालयले स्थलगत रूपमा नै सहजीकरण गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?