Butwal Today

पाल्पामा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

पाल्पा ।

पाल्पाको तिनाउ गाउँपालिका–४, चिउरी डाँडास्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ७ बजे झुम्सा–सत्यवती–धसमिघा सडकखण्डअन्तर्गत माझगढी गाउँपालिका–५, बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार जिप सडकबाट करिब ११० मिटर तल खसेको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान, पाल्पाबाट खटिएको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।

दुर्घटनामा जिप चालक देवकुमार घर्तीसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ । घाइतेहरूको नाम, थर र ठेगाना भने हालसम्म खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?