Butwal Today

प्रतापपुर–७ का वडा अध्यक्ष यादव पक्राउ

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

नवलपरासी । 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडा अध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । जग्गासम्बन्धी विषयमा किर्ते तथा ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन थापाले जानकारी दिए ।

जिल्ला अदालत पश्चिम नवलपरासीबाट पक्राउ पुर्जी लिएर प्रहरीले यादवमाथि अनुसन्धान अघि बढाएको थियो । पक्राउ नगर्नको लागि यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट अल्पकालीन अन्तरिम आदेश लिएका थिए ।

तर, शुक्रवार उच्च अदालत बुटवल इजलासले उक्त अल्पकालीन आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएको आदेश गरेपछि यादवलाई पक्राउ गर्ने बाटो खुलेको प्रहरीले जनाएको छ ।

यादवलाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको डिएसपी थापाले बताए । उनका अनुसार शनिवार अदालत बन्द रहेकाले अदालत खुलेपछि यादवलाई म्याद थपका लागि उपस्थित गराइनेछ ।

“आज बिदा भइहाल्यो । अब अदालत खुलेपछि म्याद थपका लागि उपस्थित गराइन्छ,” डिएसपी थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?