Butwal Today

मल किन्न भारत पुगेका दुई नेपाली किसान धरौटीमा रिहा

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

मल खरिद गर्न भारत पुगेका बेला पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान धरौटीमा रिहा भएका छन् ।

सर्लाहीको बलरा–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतको सीतामढी जिल्लास्थित डुम्रा व्यवहार अदालतको आदेशपछि शुक्रबार रिहा भएका हुन् । दुवैजना शुक्रबार साँझ करिब ७ : १५ बजे रिहा भएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए ।

उनका अनुसार परिवारका सदस्यहरू दुवैजनालाई लिन भारतको डुमरवा पुगेका छन् ।

यसअघि बुधबार अदालतले दुवै किसानलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेशकुमार झाको एकल इजलासले उनीहरूलाई जमानतमा छाड्न आदेश दिएको हो । किसानहरूका तर्फबाट अधिवक्ता संजयकुमार झा र किरण चौधरीले बहस गरेका थिए ।

सुरेशप्रसाद र नागेन्द्रप्रसादलाई गत १७ असारमा भारतको सीतामढी जिल्लाको सोनबर्षाबाट भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले पक्राउ गरेको थियो । उनीहरू डीएपी र युरिया मल लिएर नेपाल फर्किने क्रममा पक्राउ परेका थिए ।

पक्राउ परेको भोलिपल्ट, १८ असारमा दुवैजनालाई जेल चलान गरिएको थियो । लामो समयपछि अदालतको आदेशसँगै उनीहरू धरौटीमा रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?