© 2026
लमही ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका एक युवक आफ्नै मोटरसाइकलसहित दुर्घटनाग्रस्त अवस्थामा घरनजिकै मृत फेला परेका छन् ।
मृतक स्थानीय २८ वर्षीय राजेन्द्र केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिए ।
प्रहरीका अनुसार केसी रा. ३ ख ५००४ नम्बरको मोटरसाइकलसहित सडक किनारमा लडेको अवस्थामा फेला परेका थिए । मोटरसाइकल उनको खुट्टामाथि च्यापिएको अवस्थामा थियो ।
डीएसपी पराजुलीका अनुसार छिमेकीको घरको भित्तामा ठोक्किएर गेटमा पुगेपछि मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनाका बेला केसीले हेल्मेट नलगाएको पाइएको प्रहरीले जनाएको छ। हेल्मेट नलगाएका कारण टाउकोमा गम्भीर चोट लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।