Butwal Today

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

२० श्रावण २०८३, बुधबार
अ+
अ-
काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय समितिको साउन १३ गतेको निर्णयअनुसार साउन २५ गतेदेखि केन्द्रीय कार्यालय  ‘घण्टी घर’ बाट अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले राससलाई बताए ।
अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?