Butwal Today

सुनसरी घटनामा थप एक घाइतेको मृत्यु

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

सुनसरी घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

२२ वर्षीय रवीन्द्र मेहेताको मंगलबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा घाइते भएका अर्का एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि सुनसरीमा दुई जना र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो । सिरहाको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको तथा सिरहामा गणेश यादवको मृत्यु भएको थियो ।

रवीन्द्र मेहेताको मृत्युसँगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?