ट्रेंडिंग:

>> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी
पुनः प्रयोगयोग्य वस्तुमा दोहोरो कर

मर्यादित पेशा बनाउन सरकारको सहयोग जरुरी

१४ माघ २०७९, शनिबार
१४ माघ २०७९, शनिबार

बुटवल, १४ माघ ।

बुटवल उपमहानगरपालिका वडा नं. १० राजमार्ग चौराहामा रहेको पुनः प्रयोग योग्य वस्तु (कवाड) संकलन केन्द्रमा पुस १४ गते स्थानीय वडाअध्यक्षको नेतृत्वमा ताला लगाईयो । वडालाई कवाड क्षेत्र मुक्त वडा बनाउने अभियानको योजना बनाएका वडाअध्यक्ष बलु पुनको यो अभियान एक दिनपनि टिकेन । साँझ ताला खोलियो । शुभ आरके सप्लायर्सका संचालक राजकिशोर गुप्ता सरकारलाई आवश्यक कर तिरे पनि समय समयमा धेरै समस्या खेप्नुपरेको दुःखेसो गरे । सुन्दर शहर बनाउने सरकारको परिकल्पनालाई साकार गराउन सघाउँदै आएको कवाड पेशाप्रति सरकारको नीतिगत बाधा रहेको छ । यसबाट ब्यवसायीहरु धेरै मर्कामा छन् ।

यता बुटवलमा २२ वर्षदेखि कवाड संकलन र बिक्री वितरण ब्यावसाय गर्दै आएका ओम जयसवाल ट्रेडस एण्ड सप्लायर्सका संचालक जमिरिलाल प्रसाद जयसवालले आफुहरुको पेशाप्रति हेर्ने सरकार र आम नागरिकको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँछन् । संघका निवर्तमान अध्यक्ष समेत रहेका उनी स्वदेशमा रोजगार दिन सफल रहेको पेशाप्रति सरकारबाट सहयोग नमिलेको दुःखेसो गरे । ‘एकजना ब्यवसायीले न्यूनतम ३० जना भन्दा बढीलाई रोजगार दिन सफल छौ’– उनले भने । करिब १० वर्षअघि बनाईएको कवाडग्रामको योजना तीन तहकै सरकारबाट पहल गर्न उनले आग्रह गरे ।

विदेशमा कवाड पेशालाई सम्मान दिने गरिएको भएपनि नेपालमा भने उपेक्षा गरिदै आएको उनले दुःखेसो गरे । सबै पेशा ब्यवसायलाई चलायमान बनाउन कवाड पेशाको महत्व रहेको उनले बताए ।

यता शक्ति शुभ ट्रेडिङका संचालक तथा संघका नवनिर्वाचित अध्यक्ष भगवती जयसवाल पेशालाई मर्यादित बनाउनेतर्फ योजनाबद्ध रुपमा लाग्ने बताए । ब्यवसायमा रहेकोलाई एकतावद्ध र संस्थागत गरी आफ्नो समस्याप्रति संस्थागत रुपमा अघि बढाउने उनले बताए । ‘हरेक स्थानीय पालिकाहरु पुनःप्रयोगमा फरक फरक कर उठाउँदै आएको छ’– उनले भने । एक पालिकाबाट अर्को पालिकामा लग्दा फेरि कर लगाउने जस्ता गलत नीतिका कारण समस्यामा परेको उनले बताए । अहिले प्रति बियरको बोटल १ रुपैयाँ र फुटेको सिसा १ रुपैया, ब्याट्री र फलाम भने प्रतिकिलो २ देखि ४ रुपैयाँ, फोहोर प्लास्टिक २ रुपैयाँ प्रतिकिलो कर तोकिएको छ भने अर्कोतर्फ निकासी करको नाममा दोहोरो तेहेरो कर उठाउने कामलाई सच्याउनुपर्ने उनले बताए । रुपन्देही जिल्लामा एक हजार बढी छन् भने संघमा भने ३ सय आवद्घ रहेका छन् ।

पुनः प्रयोगयोग्य बस्तु ब्यवसायी संघमा भगवती जयसवाल

नेपाल पुनः प्रयोग योग्य बस्तु ब्यवसायी संघको १९ औ साधारण सभा तथा छैटौ अधिवेशनबाट भगवती जयसवालको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा विसम्बर शाह, उपाध्यक्ष मनोज जयसवाल, महेन्द्र थापा, सचिव पवन कुमार सौनार, कोषाध्यक्ष रामभरोस शाह, सहसचिव वसन्त पासवान, सहकोषाध्यक्ष अरबिन्द्र जयसवाल, सदस्यहरु भुवन पाण्डे, अमित जयसवाल, रमेश कान्दु, पप्पु पासवान, नन्दलाल गुप्ता, दिपक जयसवाल र सुरेन्द्र पासवान सर्वसम्मत चयन भएका छन् ।

एक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण गरिएको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै पुनः प्रयोग योग्य बस्तुको ब्यवसायमा ३ मुख्य चुनौती रहेको बताए । ‘सुरक्षाको चुनौती, सामानहरुको बिलभपाई नहुदा प्रमाणको समस्या र ब्यवसाय राखेको ठाउ शहरीकरणका कारण बिरोध छ ।’– उनले भने । यो ब्यवसायलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको उनले बताए । ‘कतिपय वडाहरुले समेत यो हटाउने अभियान चलाएको छ ।’– उनले भने । शहरीकरणसंगै जग्गा खोजी गरी बैकल्पिक ब्यवस्थापनको काम अघि बढाईने उनले बताए । यो पेशा ब्यवसायमा वैज्ञानिक कर लागु भएको दाबी गर्दै उनले समस्याहरुप्रति सरकार गम्भीर रहेको बताए ।

कार्यक्रममा संयुक्त मधेसी संघका गौरीशंकर गुप्ताले घरघरमा पुगेर पुनःप्रयोग हुने बस्तुहरु संकलन गर्ने पेशा अपनाउने ब्यवसायीहरुलाई हेर्ने दृष्टिकोण फेर्न सुझाव दिए । काठमाडौमा दैनिक ४ सय मेट्रिक टन बढी उत्पादन हुने गरेको र त्यो एक दिन नउठाए समस्या उत्पन्न हुने बताए । सरकारबाट थोरै भएपनि सहयोग मिले उद्योगका रुपमा अघि बढ्न सक्ने उनले बताए । रुपन्देहीमा प्रत्यक्ष ५ हजार र अप्रत्यक्ष दशौ हजारले रोजगार पाएको उनले दाबी गरे । निकासी करको नाममा प्रत्येक पालिकामा बुझाउनुपर्ने जस्ता जटिलताहरु रहेको उनले बताए । एउटै प्रणालीमा रहेर कर तिर्ने ब्यवस्था गर्न उनले सुझाव दिए । साफसुग्घर, हाम्रो बुटवल नगर नारा बुटवलले लिएको छ जसलाई पुरा गर्ने काम कवाड पेशाको मूल्य रहेको बताए । सरकारको नीतिकै कारण उद्योग, ब्यवसायीहरु समस्यामा रहेको भन्दै स्वदेशमै उद्योगलाई खपत हुने ब्यवस्था गर्न उनले सुझाव दिए । एकै ठाउमा पेशालाई राख्ने सरकारको योजना बनाउन सुझाव दिए ।

कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, रुपन्देही उद्योग संघको अध्यक्ष माधव पौडेल, बुटवल यातायात ब्यवसायी संघका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले सरोकारवालाहरुसंग सहकार्यमा पेशा संचालन गर्र्नसके समस्या नआउने बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जयसवालले फोहोर ब्यवस्थापनको महत्वपुर्ण योगदान दिदै आएको ब्यवसायमा स्थानिय सरकार ताला लगाउने काम गरेको दुखेसो गरे । एउटा सहि स्थानको तोकेर पेशालाई ब्यवस्थित गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?