Butwal Today

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ ।

आइतबार राति पक्राउ परेका प्रसाईंलाई म्याद नथपी रिहा गर्न अदालतले आदेश दिएको हो ।

प्रहरीले प्रसाईंविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर मा अनुसन्धान गर्न सात दिनको म्याद माग गर्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ।

तर अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?