Butwal Today

सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा

१८ श्रावण २०८३, सोमबार
अ+
अ-
बागमती ।  मकवानपुरमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकका अनुसार गत आवमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका ८७५ वटा रहेका छन् ।
त्यसै गरी अंश दर्ता चलनका ३०४, लागु औषधका २३९, लेनदेनका १९२, बैङ्किङ कसुरका ११९ तथा लिखत बदरका ११० मुद्दा दर्ता भएका छन् ।
अदालतका अनुसार जालसाजीका ९९, चोरीका ७५, सवारी, ज्यान र अङ्गभङ्गसम्बन्धी ५३ तथा जबरजस्ती करणीका ४६ वटा मुद्दा पनि दर्ता भएका छन् । सूचना अधिकारी कौशिकले गत आर्थिक वर्षमा अदालतले कुल दुई हजार ३१५ वटा मुद्दा फर्स्योट गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?