© 2026
काठमाडौँ । राष्ट्रियसभामा मधेसी आयोगको आर्थिक वर्ष २०८०/ ८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
आज बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त वार्षिक प्रतिवेदन पेस गरिन् ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ पनि प्रस्तुत गरे ।