Butwal Today

इरानी नेता खामेनीलाई खोज्न मानव गुप्तचर संयन्त्र नै प्रयोग गर्दै अमेरिका र इजरायल

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

पेरिस ।

इरानका सर्वोच्च नेता बनेपछि मोज्ताबा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । यसबीच इजरायली गुप्तचर एजेन्सी मोसाद र अमेरिकी गुप्तचर एजेन्सी सीआईए उनीहरूको खोजीमा जुटेको खबर आएको छ ।

अमेरिका र इजरायलले सन् २०२६ २८ फेब्रुअरी मा गरेको आक्रमणमा इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह खामेनीको मृत्यु भएको थियो। त्यसपछि मोज्ताबालाई इरानको सर्वोच्च नेता बनाइएको थियो। त्यसबेलादेखि आजसम्म मोज्ताबालाई कतै पनि सार्वजनिक रूपमा देखिएको छैन । इजरायल र अमेरिकी गुप्तचर एजेन्सीहरू मोसाद र सीआईए उनीहरूको खोजी गरिरहेका रिपोर्टहरू आएका छन् ।

करिब १५० दिनदेखि मोज्ताबा खामेनीले फोन नछोएको उनीहरूको दावी छ ।

इजरायली सञ्चारमाध्यमले द टाइम्स अफ लन्डनको यस हप्ताको रिपोर्टलाई हवाला दिँदै लेखेको छ, “करिब १५० दिनदेखि मोज्ताबाले फोन, ल्यापटप, रेडियो वा डिजिटल सिग्नल निस्कने कुनै पनि वस्तु हातमा लिएको पाइदैन ।”

उनी कतै भूमिगतरूपमा बसिरहेको र अधिकारीहरूलाई निर्देशित गरिरहेको अनुमानहरू गरिएका छन् । उनका बुबा अर्थात् पूर्व सर्वोच्च नेताको मृत्यु भएको हवाइ आक्रमणमा लागेका घाउका कारण उनको अनुहारमा चोट लागेको र बिग्रिएको अनुमानहरू व्यापक गरिएका छन् । उनलाई डर छ कि कुनै अमेरिकी जासूसी उपग्रहले उनलाई चिन्न सक्छ ।

उनका बुबाको पत्ता लगाउन इजरायल र अमेरिकाले लगभग हरेक साइबर उपाय प्रयोग गरेका थिए । सर्वोच्च नेताका बडीगार्ड र नजिकका व्यक्तिहरूले प्रयोग गर्ने गाडी पहिचान गर्न तेहरानका ट्राफिक क्यामेराहरू ह्याक गरिएका थिए।

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी र यसको इजरायली समकक्ष युनिट ८२०० को समन्वयमा बनेको यस प्रविधिबाट थाहा भएको थियो कि त्यसदिन अली खामेनी र उनको वरिपरि रहेका वरिष्ठ सैन्य तथा गुप्तचर अधिकारीहरू ठीक कहाँ थिए र उनीहरू सबै मारिएका थिए ।

मोज्ताबा खामेनीलाई खोज्ने तरिका अब ‘सिग्नल इन्टरसेप्सन’ वा प्राविधिक निगरानी होइन, बरु मानव सञ्जालको पूयोग गरि गरिने जासुसी अर्थात् ‘ह्युमन इन्टेलिजेन्स’ हो । यो गुप्त जानकारी सङ्कलन गर्ने पुरानो, ढिलो र खतरनाक तरिका हो। यसका लागि मानिसहरूले आफ्नै आँखाले कुरा देख्नुपर्छ, जानकारी अगाडि पु¥याउनुपर्छ र बाँच्नु पनि पर्छ।

गुप्तचर सेवामा काम गर्ने केही मानिसहरूले सायद मोज्तवा पहिले नै मरिसकेको तर इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स अमेरिकीहरूविरुद्ध युद्धलाई जायज ठहराउन सर्वोच्च नेता जिउँदै रहेको नाटक गरिरहेको दावी पनि गर्ने गरेका छन् ।

यदि मोसाद र सीआईए फेरि पनि उहाँको बासस्थान पत्ता लगाउन सफल भए भने यो मामला राजनीतिक क्षेत्रमा जानेछ। जेरुसेलम र वाशिङ्टनका सुरक्षा प्रमुखहरूले यस जानकारीको के गर्ने भन्ने निर्णय गर्नुपर्नेछ । त्यसबेला प्रश्न सञ्चालनसम्बन्धी होइन, रणनीतिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?