ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
फागुन १५ भित्र प्रदेश छनौट सक्ने

स्थानीय सरकारको उपेक्षामा खेलकूद

जनप्रतिनिधि आएको एक वर्ष पुग्दा समेत खेलकुद समिति गठन हुन सकेन । १३ औ राष्ट्रपति प्रतियोगिताको छनौटको प्रदेश खेल फागुनमा सक्नुपर्ने भएपनि अझैसम्म नगरस्तरको खेल हुन बाँकी छ । ग्रासरुट लेभलको खेल विकास हुने नगर सरकारको यसमा चासो छैन ।
१४ माघ २०७९, शनिबार
१४ माघ २०७९, शनिबार

बुटवल, १३ माघ ।

मार्शल आर्टको कराते विधाका प्रशिक्षक उमेश थापाको सामाजिक संजाल (फेसबुक) मा एउटा पोष्ट गरे ।

खेलकुद मन्त्रालय सबै भन्दा कमजोर पार्टी वा कम्जोर व्यक्तिलाई दिइन्छ । नामको मात्र मन्त्री । न उसले खेल बुझ्न सक्छ, न उसले खेलाडीको पिर मर्का नै बुझ्न् सक्छ ।
खेलाडीले पार्टीका कार्यकर्ता जस्तो चित्त बुझेन भने न आन्दोलन गर्न सक्छ, न वातावरण बिगारेर बाटोमा गाडीका टायर नै बाल्छ । उ चुपचाप लागेर बिदेशी भूमिमा मजदुरी गर्न वाध्य हुन्छ ।

वर्तमान राजनीतिक अवस्था र खेल क्षेत्रप्रतिको उपेक्षा बिरुद्ध उनले तितो सत्य सामाजिक संजालमा लेखे । यो स्टाटसमा धेरै खेलप्रेमीहरुले कमेन्ट गरे । सबै राजनीतिक दल र नेताहरु खेलकुद मन्त्रालयको जिम्मेवारी लिने चासो नलिएको प्रति उनको दुःखेसो हो । वास्तवमै खेलकुद मन्त्रालय हाँकेर खेलमार्फत नयाँ तरङ ल्याउने योजना, लक्ष्य बोकेर अगाडि सर्ने कोही देखिएको छैन । ‘वास्तवमा यो दुर्भाग्य हो’– उनले भने । रुपन्देहीमा कराँते खेलको प्रशिक्षण सुरु गरेर धेरै ठाउँमा पुगेका उनी सयौ खेलाडी उत्पादन गर्न सफल भए । ‘खेल र प्रशिक्षणले मात्र नपुग्ने रहेछ’– उनले निराश भएर भने । क्षमतावान खेलाडीहरुले ब्यावसायिक बन्ने अवसर नपाउँदा समग्र खेलक्षेत्र पछि परेको उनी बताउँछन् । ग्रास रुट लेभलमा खेलाडी प्रशिक्षण गरेर तयार भएका खेलाडीहरु थप सहयोग नपाउँदा समस्यामा परेको उनी बताउँछन् । ‘नयाँ जनप्रतिनिधि स्थानीय सरकारमा आए तर उनीहरुको प्राथमिकता खेलकुदमा परेन’– उनले भने । स्थानीय सरकार बनेको एक वर्ष पुग्न लाग्दा समेत अधिकांशमा खेलकुद विकास समिति गठन गर्ने र खेलकुद गतिविधिमा जोड दिने काम भएको छैन । यसको प्रत्यक्ष असर खेल र खेलाडीलाई दीर्घकालमा पर्ने उनले दाबी गरे । राजनीतिक आधारमा मनोनित गरिने प्रवृत्ति रहेको नगर खेलकुद किचलोका कारण रोकिएको छ । कतिपय पालिकामा अघिल्लो कार्यकालमा मनोनितहरुको समयावधी नसकिएको अवस्था छ भने कतिपयमा मनोनितमा पार्टीकै विवाद कायम छ ।

फुटबलमा लामो समयदेखि लागेको तिलोत्तमा फुटबल एकेडेमीका अध्यक्ष तिलक नेपालीले सरकार परिवर्तन भएपनि खेल विकास र गतिविधि बढ्न नसकेको दुःखेसो गरे । खेलकुद क्षेत्रको नेतृत्व खेलकुद बुझेको भन्दा पनि राजनीतिक पहँुचलाई आधार बनाउँदा खेल विकासमा बाधा भएको उनी बताउँछन् ।

रुपन्देहीमा कुनै पनि पालिकामा खेलकुद विकास समिति गठन भएको छैन । खेलकुदको आधार खडा गर्ने तह नै नहँुदा खेलकुद पछि पर्दै गएको खेलप्रेमीहरुको दुःखेसो छ । स्थानीय सरकारको नेतृत्व आएको डेढ वर्ष ढिला गरी गठन भएको बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिबाट पालिकामा भएका खेल संरचना, खेलकुद संस्था र खेलाडीहरुको तथ्यांक निकाल्नुका साथै केही खेलमैदान निर्माण र मर्मत गरेको गरेको थियो । खेलप्रेमी नन्दु काउचाको अध्यक्षतामा गठन भएको समिति पालिकामा नयाँ जनप्रतिनिधि आएसंगै निष्क्रिय भएको छ । नयाँ जनप्रतिनिधिबाट नयाँ समिति गठन वा पुरानैलाई सक्रिय बनाउने बारे कुनै चासो दिएको छैन ।

पाँच वर्षे कार्यकालको लागि मनोनित भएको समिति मुद्दामा जाने हुन की भन्ने आशंकाकै कारण नयाँ समिति गठन हुन नसकेको हुनसक्ने धेरैको ठम्याई छ । नया जनप्रतिनिधिका धेरै कार्यकर्ताहरु आकाक्षी देखिदा निर्णयमा ढिलाई भएको देखिन्छ । वर्षभरि धेरै खेल गतिविधि हुने तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना नगरपालिकामा नया जनप्रतिनिधि आएपछि खेलकुद विकास समिति गठन भएको छैन । तिलोत्तमा नगरमा स्थानीय सरकारको पहिलो कार्यकालमा राजेन्द्र गुरुङको अध्यक्षतामा गठन भएको थियो ।

स्थानीय समिति नहुँदा खेल गतिविधिको वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिता हुन सकेको छैन । ‘राष्ट्रपति छनौट प्रतियोगिता विद्यालयस्तरमा माघसम्म सक्नुपर्ने भएपनि अधिकाश पालिकामा सुरसार नै छैन’– रुपन्देही जिल्ला अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले दुःखेसो गरे । स्थानीय पालिकाहरुलाई फागुन १५ गतेसम्म छनौट खेल सक्न पत्राचार गरिएको उनले बताए । पालिकाहरुको आफनो अधिकार क्षेत्रमा रहेर खेलकुद गतिविधिमा छुट्टिएको बजेट समेट कार्यक्रम नै नगरिनु दुर्भाग्य भएको उनी बताउँछन् । पालिकाहरुमा रहेको शिक्षा तथा स्वस्थ्य शाखाबाट आवश्यक पहल गरे आफुहरु छनौट खेलको लागि तयार रहेको उनले बताए ।

यता प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई प्रदेश छनौट खेल फागुनभित्र सक्नुपर्ने बताउँछन् । नगर छनौट सकेर जिल्ला छनौट हुनुपर्ने भएपनि अधिकाश पालिका गम्भीर नदेखिएको उनले दुःखेसो गरे । यसअघि लुम्बिनी च्याम्पियन भएकाले पनि राम्रो खेलाडी छनौट गर्ने अवसरका रुपमा रहेको छनौट खेलमा चासो दिनुपर्ने उनको सुझाव छ । प्रदेशभरि नै जिल्ला र नगरस्तरमा परिपत्र गरिएको उनले बताए । अघिल्लो वर्ष च्याम्पियन रहेको लुम्बिनी प्रदेशको साख जोगाउने चुनौती रहेको उनी बताउँछन् । खेलाडी छनौटको ग्रासरुटमै चरणमा लापरवाही हँुदा नतिजामा नकारात्मक असर पर्ने उनको दुःखेसो छ । राष्ट्रिय किर्तिमानीसहित अघिल्लोवर्ष लुम्बिनी च्याम्पियन बनेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?