Butwal Today

तिनाउ सिँचाइ नहरमा महिलाको शव फेला

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

बुटवल ।  बुटवल उपमहानगरपालिका–११ नरहपुरस्थित तिनाउ सिँचाइ नहरमा एक महिलाको शव फेला परेको छ ।

आइतबार दिउँसो करिब १ः५० बजे बुटवल उपमहानगरपालिका वडा नं. १८  निवासी ४८ वर्षीय नन्दराम थारुले खेतमा सिँचाइ गर्न नहरको पानी बन्द गर्ने क्रममा नहरमा महिलाको शव देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बुटवलबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश दाहालको कमान्डमा विपद् व्यवस्थापन तालिमप्राप्त ६ जनासहित १० सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

सशस्त्र प्रहरीको टोलीले दिउँसो २ः०५ बजेदेखि शवको उद्धार तथा घटनास्थलको खोजतलास सुरु गरेको जनाएको छ । घटनास्थल सुरक्षा बेस बुटवलबाट करिब चार किलोमिटर पश्चिमतर्फ रहेको छ ।

हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन । शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?