Butwal Today

दाङमा सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद गरिएको छ । दाङका विभिन्न युनिटबाट खटिएका प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा सामुदायिक वनबाट एक थान भरुवा बन्दुक र छर्रा चार थान, बङ्गलाचुली गाउँपालिका–३ लामपोखरास्थित जनचेतना सामुदायिक वनबाट चार र वडा नं ६ टोट्केलेखस्थित लालीगुँरास सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक बरामद गरेको हो ।

यस्तै घोराही उपमहानगरपालिका–२ च्याख्ली घाटस्थित राष्ट्रिय वनबाट आठ थान भरुवा बन्दुक बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?