Butwal Today

वीरगन्जमा आज पनि निषेधाज्ञा

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

वीरगन्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज साँझ ५ बजेदेखि लागू हुने गरी पूर्वतर्फ प्रतिमा चोक (बसपार्क बाइपास रोड), पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटसम्मको क्षेत्रमा भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती चार स्थानमा पाँच जनाभन्दा बढी मानिस जम्मा वा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको हो ।

उक्त आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने ब्यहोरासमेत सूचित गरिएको छ । बिहीबार पनि सोही समयमा सोही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?