Butwal Today

प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल प्रारम्भ गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन ।

छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?