© 2026
काठमान्डौँ ।
सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटना र त्यसमा भएको मानवीय क्षतिबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले नागरिकको ज्यान जाने गरी भएको गोली प्रहार कसको आदेशमा र कसले गरेको हो भन्ने विषय सार्वजनिक गर्न सरकारसँग माग गरिन् ।
सांसद ओलीले उक्त घटनामा ओमप्रकाश मेहताको मृत्यु भएको तथा दर्जनौँ नागरिक घाइते भएकोप्रति गम्भीर आपत्ति जनाउँदै शान्तिपूर्ण समाजमा नागरिकमाथि गोली प्रहार हुनु लोकतन्त्रका लागि लज्जास्पद भएको बताइन् ।
‘सुनसरीको कप्तानगञ्जमा गोली कसले चलाएको होरु कसको आदेशमा नागरिकमाथि हतियार प्रहार भयो ? यो कुरा पीडित परिवार र आम जनताले जान्न पाउनुपर्छ,’ उनले भनिन् । उनले थप प्रश्न गरिन्, ‘के सरकारले आफ्नै नागरिकमाथि गोली बर्साएर शान्ति–सुरक्षा कायम गर्न खोजेको हो ?’