Butwal Today

इराकमा अमेरिका–साउदीको संयुक्त आक्रमण, कम्तीमा १० जनाको मृत्यु

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

बगदाद ।

अमेरिका र साउदी अरेबियाले इराकमा गरेको संयुक्त आक्रमणमा  इराकको पूर्व अर्धसैनिक गठबन्धनका कम्तीमा १० जना सदस्यहरूको मृत्यु भएको जनाइएको छ ।

संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले अमेरिकी सेना र साउदी तेल सुविधाहरूमा इरानले गरेको आक्रमणको प्रतिक्रियामा इराकमा रहेका इरान समर्थित उग्रवादीहरूलाई  लक्षित गरी आक्रमण गरेको बताएका छन् ।

आक्रमणहरूको परिणामस्वरूप  दश जना कर्मचारीहरूले मृत्यु पुष्टि हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ । आक्रमणका कारण धेरै भौतिक क्षति भएको साउदी अरबीमा हशद अल–शाबी भनेर चिनिने पपुलर मोबिलाइजेसन फोर्स ९पिएमएफ० ले विज्ञप्ति मार्फत जनाएको छ ।

पिएमएफका एक अधिकारीलाई उद्धृत गर्दै आक्रमण गठबन्धनसँग सम्बन्धित धेरै प्रान्तहरूमा भएको र निनेभे प्रान्तमा भएको सबै भन्दा घातक आक्रमणमा कम्तीमा १० जना सदस्यहरू मृत्यु भएको र केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको एएफपीले जनाएको छ  ।

नाम न छाप्ने सर्तमा अधिकारीले अन्य प्रान्तहरूमा पनि मानिसहरू घाइते भएको रिपोर्ट गरिएको  जनाएका छन् ।

पिएमएफ जिहादीहरूसँग लड्न सन् २०१४ मा सिर्जना गरिएको अर्ध–सैनिक र गुटहरूको गठबन्धन हो,  भने हाल आएर इराकी सशस्त्र सेनामा एकीकृत भएको छ ।

इरान समर्थित समूहहरूसँग गठबन्धन भित्र रहेर काम गर्ने धेरै समूहहरू भएको र यी समूहहरू मध्ये धेरैको आ–आफ्नै तरिकाले काम गर्ने प्रक्रिया रहेको जनाइएको छ ।

पिएमएफले बुधबार जारी गरेको विज्ञप्तिमा, अमेरिका–साउदीको संयुक्त आक्रमणलाई खतरनाक वृद्धि, र इराकको आधिकारिक सुरक्षा संस्थाहरूमा आक्रमण भनी वर्णन गरेको छ ।

इराकमा इरान समर्थित समूहहरूलाई दोष दिँदै रियादले आफ्नो सेनाले पूर्वमा तेल सुविधाहरूलाई लक्षित गर्दै ड्रोनहरू रोकेको बताए पछि अमेरिका र साउदीको संयुक्त आक्रमण भएको जनाइएको छ ।

तर यी समूहहरूले साउदी अरेबियाको आरोपलाई बनावटी भएको उल्लेख गर्दै इराकमा आक्रमण नगर्न चेतावनी दिएका थिए ।

सबै भन्दा सक्रिय इरान समर्थक सशस्त्र समूहहरू इराकमा इस्लामिक प्रतिरोध भनेर चिनिने गठबन्धन अन्तर्गत एकजुट रहेको जनाइएको छ । जसले मध्य पूर्व युद्धको समयमा तेहरानको समर्थनमा हस्तक्षेप गर्नुका साथै इराकी क्षेत्रमा रहेका अमेरिकी आधारहरू विरुद्ध सयौँ आक्रमणहरू दाबी गरेको छ ।

यद्यपि चालु महिनाको सुरुमा अमेरिका र इरान बिच शत्रुता पुनः सुरु भए देखि उनीहरूले कुनै पनि आक्रमणको दाबी गरेका छैनन् ।

यस अघि वासिङ्टन र तेहरान इराकका मुख्य सहयोगी हुन्, तर उनीहरूको बिचमा उत्पन्न भएको क्षेत्रीय शत्रुताले लामो समय देखि इराकलाई युद्ध भूमिमा परिणत गरेको छ भने लगातार सरकारलाई शत्रुहरू बिच नाजुक सन्तुलन कायम गर्न सङ्घर्ष गरिरहेको छ ।

बढ्दो अमेरिकी दबाबको बिचमा, वासिङ्टनको समर्थन लिएर यस वर्ष सत्तामा आएका इराकका नयाँ प्रधानमन्त्री अली अल–जैदीले इरान समर्थक सशस्त्र समूहहरूले आफ्ना हतियारहरू हस्तान्तरण गर्ने सुनिश्चित गर्ने प्रतिबद्धता गरेको भएता पनि केही शक्तिशाली गुटहरूको दबाबको सामना गर्नुपरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?