© 2026
झापा ।
जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्न आम नागरिक, राजनीतिक दल, सञ्चारकर्मी तथा सङ्घसंस्थालाई आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा जिल्लाको सद्भाव र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने कुनै गतिविधि नगर्न र समाजिक सञ्जाल मार्फत यस्ता गतिविधिलाई नफैलाउन आग्रह गरिएको छ ।
आधिकारिक निकायबाट पुष्टि भएका सूचनामा मात्र विश्वास गर्न र सामाजिक एकता कायम राख्न पनि प्रशासनले विज्ञप्तिमा अपिल गरेको छ ।
यसअघि प्रशासनले विभिन्न धार्मिक सङ्घसंस्था, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख तथा सामाजिक अगुवाको सहभागितामा सद्भाव बैठकसमेत आयोजना गरेको थियो ।