Butwal Today

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

गण्डकी ।  वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित हुँदा पोखराका विभिन्न अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।

नेपाल चिकित्सक सङ्घको आव्हानमा भएको देशव्यापी आन्दोलनअन्तर्गत पोखराका अधिकांश अस्पतालको बहिरङ्ग सेवा बन्द भएको सङ्घको गण्डकी शाखाका अध्यक्ष डा सुनिल पनेरुले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फेवा सिटीलगायत अस्पतालमा बहिरङ्ग सेवा बन्द हुँदा सयौँ बिरामी उपचार सेवा पाउनबाट वञ्चित हुनुपरेको छ । “बहिरङ्ग सेवा मात्र बन्द छ, आकस्मिकसहितका अन्य सेवा भने सुचारु नै छन्”, अध्यक्ष डा पनेरुले भने,  “केन्द्रले तय गरेको आन्दोलन भएकाले केन्द्रकै निर्णयले आन्दोलन जारी रहने वा फिर्ता हुने थाहा हुन्छ, अहिलेसम्म आन्दोलन जारी नै छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?