© 2026
काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेको आरोपमा गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्ममाथि कानुनी कारबाही गरिएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गर्ने फर्मलाई नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको जानकारी दिए ।
कारबाहीमा पर्ने फर्महरू गण्डकी प्रदेशअन्तर्गतका कास्की, गोरखा, लम्जुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लामा सञ्चालनमा रहेका छन् । त्यसैगरी, कार्यालयले नयाँ कारोबारका लागि एक हजार ७८ वटा तथा पुराना २८ वटा व्यावसायिक फर्मको नवीकरण गरी नापतौल यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान गरेको जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विभिन्न शीर्षकबाट रु ७८ लाख ५२ हजार ९६७ राजस्व सङ्कलन भएको छ ।