Butwal Today

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए पदबाट राजीनामा

९ श्रावण २०८३, शनिबार
अ+
अ-

नयाँदिल्ली । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् ।

नीट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई दोषी ठहर गर्दै जन्तर–मन्तरमा ३६ दिनदेखि धर्ना तथा आन्दोलन चलिरहेको थियो । आन्दोलनकारीहरूले प्रधानको राजीनामाभन्दा कममा आफूहरू सम्झौता नगर्ने बताएका थिए ।

प्रधानको राजीनामापछि दीपकेले प्रतिक्रिया दिँदै भने, “मानिसहरू यो सरकारमा राजीनामा आउँदैन भन्थे । तर, झुक्छ दुनिया, झुकाउने हुनुपर्छ ।”

उनले अगाडि भने, “धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । यदि मानिस डराउँदैनन् र यो सरकारसामु झुक्दैनन् भने जो–कोहीको राजीनामा गराउन सकिन्छ भन्ने कुराको यो प्रमाण हो । लोकतन्त्रमा डराउनुपर्ने आवश्यकता छैन ।”

प्रधान स्वयंले सामाजिक सञ्जालमा पत्र सार्वजनिक गर्दै आफ्नो राजीनामाको जानकारी दिएका हुन् । धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीको प्रतिक्रिया आएको छ । पार्टीले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘कक्रोचको जित भएको’ बताएको छ ।

पार्टीले विगत ३६ दिनदेखि प्रधानको राजीनामा माग गर्दै जन्तर–मन्तरमा प्रदर्शन गरिरहेको जनाएको छ । सामाजिक कार्यकर्ता सोनम वाङ्चुकले पनि प्रधानको राजीनामाको माग गर्दै यहाँ भोक हडताल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?