Butwal Today

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

७ श्रावण २०८३, बिहीबार
अ+
अ-
काठमाडौँ ।  प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले मित्रराष्ट्र भारतको भ्रमणका लागि प्रस्थान गरेका छन् ।
भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज भारत प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले भारतका प्रधान न्यायाधीश सूर्य कान्तसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै भारतको सर्वोच्च अदालतको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।
उनी भ्रमण सम्पन्न गरी यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । भ्रमण दलमा उनकी धर्मपत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह–रजिस्ट्रार अमित उप्रेती पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?