काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ ।
बैङ्कद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने उल्लेख छ । ऋणपत्रको बोलकबोलमा राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था (काउन्टर पार्टी) मात्र सहभागी हुन पाउने उल्लेख छ ।
काउन्टर पार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।
राष्ट्र बैङ्कले न्यूनतम रु पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ ।