© 2026
गत जेठ महिनाको २९ गते शुक्रवार आफ्नो खेतमा काम गरिरहेका नेपाली किसानहरूलाई सीमा पारी भारतबाट आएका भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरूले त्यो क्षेत्रबाट पछि हट्न भन्दै काममा अवरोध सिर्जना गरी धम्क्याउँदा नेपाली किसानहरूका कोदाला खोस्दै वन्दुक तेस्र्याउन थालेपछि नेपाली किसानहरूले आफनो मद्दतका लागि गाउँलेलाई बोलाए ।
पछि पूरै गाउँ उल्टिएर प्रतिकारको लागि भिड्न तयार भएपछि भारतबाट आएको एसएसबी फोर्सको त्यो हुल भागेर गएको समाचार नेपालका संचार माध्यमहरूमा करेन्ट झैं फैलियो । प्रधानमन्त्री वालेन शाहको अत्यन्तै गैरजिम्मेवारी कथन प्रकाशमा आयो ।
नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ सो कुरा म प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्ने कथनको प्रतिकृयाका रूपमा देखापरेको भारतीय पक्षको यो हर्कतलाई नेपाली जनताले ठाडै अस्वीकार गरी आफ्नो भू– भागको रक्षाका लागि डटेर सामना गर्न तयार भएको यस परिदृश्यले नेपालका शासकहरू भारतसित जति लम्पसारवादी भएपनि जनता आफ्नो अडानमा कति दृढ रहेछन् भन्ने अनुमान गर्न सकिन्छ ।
स्मरण रहोस कि सुस्तामा मात्र होइन नेपालका धेरै ठाउँमा नेपाली भूमि अतिव्रmमण गर्दा धेरै नेपाली किसानहरूले आफ्ना पुर्खादेखि भोगचलन गर्दै आएको जमिनबाट विस्थापित भई सुकुम्वासी वन्नु परिरहेको स्थिति छ । तर, कुनैपनि सरकारको ध्यान त्यतातर्फ नजानुको रहस्य अत्यन्तै आश्चर्यजनक मानिन्छ । अहिलेको घटनामा सुस्ताका भूमिपुत्र जागरूक जनताले प्रतिकार अभियानमा एकतावद्ध भई सम्पूर्ण सुस्तावासी नेपालीहरूले जुन अदम्य साहस देखाउनु भयो, उहाँहरूको त्यो वीरतालाई हामी सवै नेपालीले नमन गर्नु पर्दछ ।
पंक्तिकार पनि त्यस साहसिक कार्य प्रति हर्षले प्रफुल्लित भई गदगद मनका साथ कोटी कोटी प्रणाम गर्दछ । हे मेरो श्रद्धेय सुस्तावासी हो । नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनम । जनआकांक्षाको सर्वथा प्रतिकूल व्यक्तिपरक तथा सत्तामुखी राजनीतिको मात्र परिपोषणले थङरिलो परेको हाम्रो राष्ट्रियतालाई मनबाट जोगाएको यस घटनाले आज सम्पूर्ण नेपाली जनमनमा ठूलो आशा जगाएको छ ।
नेपाललाई नेपाली जनताले नै जोगाउँछन । हाम्रा शासकहरूले घाँस खाएपनि नेपाली जनमानसले फोहरमा थुतुनो गाडेर सुँगुर बन्दैन । नेपाली जाती नेपाली नै हो । यस घटनाले हाम्रो राष्ट्रियताका मुद्दाहरूको भीषण अन्धकारमय वातावरण लादेर हामीलाई सधैभरी भारतको गुलामी गर्नुपर्छ, उनीहरूको अत्याचारलाई हाँसी हाँसी सहन गर्नुपर्छ, मातृभूमिमाथि बलात्कार हुँदा नदेखेको जस्तो गरी कच्चड बनिरहनु पर्छ भन्ने सोचको घनीभूत अन्धकारमा यसको कडा प्रतिबादका लागि अव जुर्मुराउनु पर्छ भन्ने आवाजरूपी प्रकाशका किरणहरू दरिएको महसुस गराएको छ । भोलिको नेपाली जातिको निम्ति गतिलो पाठको उत्साहबद्र्धक संकेत हो ।
त्यो उदाहरण नेपाल र विस्तारबादी भारतीय शासकहरूको बीच लामो समयदेखि चल्दै आएको कटुसीकर्म विवाद र गम्भीर अन्तर्विरोधलाई सधैभरी ढाकछोप गरेर केही पनि नभए जस्तो अब गर्नु हुदैन । सरकारले यसलाई छरपष्ट पारेर आम जनताका बीच उजागर गर्नैपर्छ ।
तव मात्र जनताको साथ पाइन्छ । नेपाल भारतबीचका सीमा विवादका सम्बन्धमा भारतीय शासकहरूको विवेकपूर्ण राजनीतिक उपाय र छलछामरहित कुटनीतिक प्रयत्नबाट समाधान गर्न कहिल्यै पनि चाहेनन् र चाहँदैनन पनि । सानो देश नेपाललाई दमनात्मक उपायबाट काबुमा राख्न सकिन्छ भन्ने प्रवृत्ति राख्दछन् । भारतिय शासकहरूले लादेको अधैलोलाई मान्न अलिकति पनि हिचकिचाउना साथ तुरुन्त तुरुन्तै नाकाबन्दी लगाएर नेपालको हेकुलो अठ्याइदिने काम गर्दै आएका उनीहरूका घृणित हर्कतहरूले यही कुरा सावित गरेका छन् ।
न त हाम्रो देशमा राजनीतिक स्थिरताको लागि अनुकूल बाताबरण सिर्जना गर्न मद्दत गरे न त उनीहरूको आर्थिक कुटनीति कहिल्यै नेपाल अनुकुल नै रह्यो । नेपाललाई यतिसम्म खसालेर व्यवहार गरेकी कहिले आफ्नो गुप्तचर संस्था र का प्रमुख विना कुनै सूचना मध्यरातमा एकाएक आएर हाम्रो देशको प्रधानमन्त्रीलाई एक्लै भेटेर घण्टौ विताए ।
अर्को प्रधानमन्त्रीको पगरी गुथेको कुपात्रलाई खुले आम भारतको लागी अनुकूल सरकार बनाउनु पर्छ भन्न लगाएर कुख्यात देशद्रोही लेण्ड्प दोर्जे भन्दा २० हात तल झरेर बोल्न अराए । तराई मधेशका विभिन्न जातजाति र पेशा समुदायहरूका वीच एक आपसमा असन्तोष र कटुताको भावना फैलाईदिएर देश नै विघटन हुन्छ कि भन्ने स्थितिमा पु¥याए । यो कथन पंक्तिकारको कपोलकल्पित लाञ्छना नभएर नेपालले भोगेको यथार्थ हो । अब यिनै यथार्थमा उभिएर हामीले निर्धक्कसित आफ्ना कुरा भारतीय शासकहरूलाई सुनाउनु पर्छ ।
नेपाल र भारतबीचको सम्बन्धलाई सधैभरी रोटी बेटीबीचको सम्बन्ध भनेर मुखले उचालेर आकासमा पु¥याउने व्यवहारमा नेपाललाई उचाल्दै पछादै गर्ने चरित्रलाई बुझेर अब हामीले बदलिएको परिप्रेक्ष्य तथा परिवर्तित सन्दर्भबाट हेर्नुपर्छ । यि दुई देशबीचको सम्वन्ध सुधारका लागि हामीले भारतीय शासकवर्गलाई समानतामा आधारित सम्बन्ध मैत्रीपूर्ण र भरपर्दो हुन्छ भनेर बुझाउन सक्नुपर्छ ।
भारतीय शासकहरूका अगाडि सधैभरि डराएर सधैभरि हेपिएर सधैभरि नुन खाएको कुखुरा बनेर बस्नु हुदैन । नेपालले अहिले पनि भारतका कुरा मानिदिनुपर्ने, भारतबाट नेपाललाई अहिलेपनि उपेक्षाभाव मात्र देखाउने काम हुदै आएको छ । अब यस्तो व्यवहार मान्य हुदैन । स्वर्गीय राजा वीरेन्द्रले राखेको शान्तिक्षेत्रको प्रस्ताव गलत थिएन ।
नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस भनी नेपालले राखेको प्रस्तावलाई नजिकैको उत्तरी छिमेकी चीनले तुरुन्तै समर्थन ग¥यो । टाढाको अमेरिकाले पनि अविलम्ब समर्थन जनायो । नेपालसित दौत्य सम्वन्ध भएका प्रायः सबै देशहरूले समर्थन जनाएका थिए तर भारतबाट भने यस सम्वन्धमा कहिल्यै कुनैपनि अनुकूल प्रतिक्रिया देखाइएन ।
नेपाल जस्तो भूपरिबेष्ठित सानो राष्ट्रले आफ्नो चौतर्फी विकासको लागि तथा दिगो शान्तिलाई संस्थागत रूप दिन विश्वसामु यो प्रस्ताव राखेको हो । तर, आदिकालदेखि रोटीबेटीको सम्वन्ध र उसकै भाषामा रही आएको आफ्नो छिमेकीले आफ्नो देशको शान्ति र विकासका लागि तथा शान्तिलाई संस्थागत रूप दिन राखेको प्रस्तावलाई हमेसा उपेक्षा ग¥यो । चाहे सन १९४९ मा नेपालीको विवसताबाट नाजायज फाइदा उठाई नेपालमाथि लादेको असमान सन्धीको कुरा गरौँ । चाहे नेपालबाट भारतले बिजुली किन्ने सवालमा ।
यदि नेपालका जलविद्युत आयोजनाहरूको प्रयोग अथवा चिनीयाँ लगानी र चिनीयाँ निर्माण सामाग्रीहरूको प्र्रयोग अथवा चीनमा कामदारहरूको प्रयोग भएको छ भने त्यस्तो आयोजनाले उत्पादन गरेको विजुली नकिन्ने भन्दै देखाएको ध्वाँस र नेपालका जलविद्युत आयोजनाहरूमा चिनियाँ सामान्य कामदार प्रयोग भएका छन छैनन्, त्यसको जानकारी दिनु भन्न समेत नसकेको त्यो लाजमर्दाे व्यवहारले हामीलाई भारतले कति हदसम्म गिरेर दमन गरेको छ भन्ने कुरा यी उदाहरणबाट पनि सबै प्रष्ट हुन्छ ।
यिनै परिपे्रक्ष्यबाट उत्पन्न भएको विष्फोटक रूप हो– सुस्ताबासी जनताको आँखा खुल्नेछन् । सरकारको पनि ध्यानाकर्षण हुनेछ । जनता जन्मभुमिस्च स्वर्गादपि गरियसी अर्थात आपm्नी आमा र आपm्नो देश स्वर्गभन्दा प्यारो छ । त्यसै भनिएको होइन । सुस्ताका जागरूक जनतालाई नमन ।