© 2026
काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेको हो ।
महासंघले निर्धारण गरेको नयाँ मूल्यअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको थियो । आज १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार ६७४ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्य समायोजन गरिएको महासंघले जनाएको छ ।