Butwal Today

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले बुधबार शपथ लिने

१६ असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् ।

चितवनको भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुने महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ । शपथपछि केन्द्रीय समिति बैठक पनि बस्ने तयारी गरिएको छ । बैठकमा मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विषयमा छलफल हुने जनाइएको छ ।

रास्वपाको पहिलो महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो । सभापति लामिछानेले भने भरतपुरमै शपथ ग्रहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?