© २०२३
बुटवल, ७ माघ ।
रुपन्देहीका निजी तथा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का शिक्षकलाई लक्षित गरी दुई दिने दुई दिने गणित पढाइ र सिकाई वर्कसप आयोजना गरिएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देही र नेपाल म्याथमेटिकल सोसाइटीको आयोजनामा बुटवलमा वर्कसप शुरु भएको हो ।
कार्यक्रमको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिले उद्घाटन गर्दै शिक्षा र स्वस्थ्यको क्षेत्रमा निजी क्षेत्रमा गरेको महत्वपूर्ण योगदान रहेको बताए । सरकारबाट निजि क्षेत्रसंग सहकार्य गरि अघि बढ्ने भन्दै कुनै किसिमको आशंका नलिन सुझाव दिए । दक्ष जनशक्तिलाई देशमा अडाउने रुपमा शैक्षिक पाठ्यक्रम आजको आवश्यकता भएको भन्दै यसमा सरकार लाग्ने समेत प्रतिवद्घता जनाए । विद्यार्थीहरु गणित विषयमा डराउने र कम अंक आउने जस्ता समस्या देखिएको बेला यसलाई सुधार गर्ने रुपमा चलाईएको तालिम फलदायी हुनेमा आशाबादी रहेको उनले बताए । सम्मानप्रति आफू आभार ब्यक्त गर्दै नया जेनेरेसनलाई गणित विषयको ज्ञान दिने दक्ष जनशक्ति तयार हुने बताए ।
कार्यक्रममा हिसानका केन्द्रीय निर्देशक रामचन्द्र आचार्यले संस्थागत रुपमा शिक्षकहरुलाई क्षमता विकास गर्दै पाठ्यक्रम र शिक्षकहरुलाई तालिमका कार्यक्रम संचालन गर्दै आएको बताए । निजी विद्यालयहरु आफै पनि कठिनाईमा रहेको उनले बताए । पाठ्यक्रममा लागुभएसंगै जीवन र जगतसंग सहज तरिकाले गणित विषयलाई जोड्न तालिम फलदायी हुने उनले बताए ।
गणित समाज लुम्बिनी प्रदेश अध्यक्ष गोपाल आचार्यले गणितलाई जीवन र जगतसँग जोडन आवश्यक रहेको बताए । हिसान रूपन्देहीका अध्यक्ष दिनेश भुसालले गणित विषयको प्रबद्र्धन र शिक्षकहरुको दक्षता वृद्धि गर्न हिसान विषयगत तालीममा केन्द्रित रहेको बताए । अध्यक्ष भुसालले गणितलाई सरलीकृत गर्न यस्ता कार्यशाला प्रभावकारी हुनेमा जोड दिए ।
प्याब्सनका केन्द्रीय सदस्य टिकाराम न्यौपानेले गणितप्रति विद्यार्थीको रुचि बढाउन आवश्यक रहेको बताए ।
दुई दिने वर्कसपमा पुल्चोक ईन्जिनियर कलेजका प्रा डा सन्तोष घिमिरे, पाटन बहुमुखी क्याम्पसका बेखारत्न डंगोलले गणित विषय कसरी पढाउने र सहज गराउने विषयमा सहभागीहरुलाई सहजिकरण गर्ने छन । म्याथम्याटिक्स समाजका सचिव थानेश्वर भण्डारीले सबै विषयको न्युक्लियरका रुपमा गणित विषय भएको दाबी गर्दै तालिममा क्लाकुलस र अलजेब्रा, गणित आफैमा भाषा हो, विजगणित जस्ता पाठ्यक्रमका विषयमा सहभागीलाई वृहत ज्ञान दिईने बताए । तालिममा रुपन्देहीका .नीजि तथा सामुदायिक विद्यालयमा गणित अध्यापन गराउने १ सय २० जना शिक्षकहरु सहभागी छन ।