काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु भएको छ ।
भरतपुरको ‘गेष्टहाउस’ चौरमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे । सो अवसरमा उनीहरूसँग मञ्चमा रहेका अतिथिहरूले पनि एकै साथ घण्टी बजाएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।
यसै गरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सहभागिता रहेको छ ।
उद्घाटन सत्र सुरु हुँदै गर्दा वर्षा भए पनि समारोहमा मानिसहरूको उल्लेख्य उपस्थिति छ ।