Butwal Today

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका  नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापा केही बेरमा चितवन पुग्ने जनाइएको छ भने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेको त्यहाँबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् ।

यसै गरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष  चन्द्रकान्त राउत चितवन पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?