© 2026
काठमाडौँ । नेपाल राष्ट्र बैङ्क मौद्रिक व्यवस्थापन विभागले रु ४५ अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने आह्वान गरेको छ ।
विभागले सार्वजनिक सूचना जारी गरेर आजै दिउँसो ३ः०० बजेदेखि अनलाइन विडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्ने उल्लेख गरेको छ । राष्ट्र बैङ्कले बोलकबोलको ब्याजदर भने सोही माध्यमबाट हुने जनाएको छ ।
राष्ट्र बैङ्कले घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ ।
निक्षेप सङ्कलनको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन सक्छन् ।