ट्रेंडिंग:

>> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई

घोराहीमा तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल सुरु

६ माघ २०७९, शुक्रबार
६ माघ २०७९, शुक्रबार

दाङ, ६ माघ ।

घोराही उपमहानगरपालिकामा शुक्रबारबाट तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल नकआउट प्रतियोगिता–२०७९ सुरु भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उपमेयर कप छात्रा भलिबल प्रतियोगिताको उदघाटन गरिएको छ । उपमेयर कपको उदघाटन उपमेयर हुमा डिसीले गरेकी हुन् । सो अवसरमा उनले खेल क्षेत्रको विकासका लागि घोराही उपमहानगर प्रतिवद्ध रहेको बताइन् ।

विद्यालय स्तरबाट खेलकुदको विकास गर्नुपर्ने बताउँदै खेल क्षेत्रबाट खेलाडी उत्पादन मात्रै नभई स्वस्थ नागरिक उत्पादन हुने बताइन् । ‘अहिलेको नयाँ पुस्तालाई कसरी स्वस्थ बनाउने भन्ने चुनौति थपिएका बेलामा पालिकाले खेलकुदको माध्यमबाट उनीहरुलाई एकठाउँमा ल्याउने मात्रै होईन, स्वस्थता कायम गर्न पनि सघाउने छ’, उनले भनिन्, ‘आगामी दिनमा पालिकाका हरेक नागरिक स्वस्थ बनाउने गरी अभियानको थालनी गर्नुपर्ने हुन्छ ।’ उपमेयर कप छात्रा भलिबलले विद्यालय उमेरबाटै छात्राहरुको आत्मबल बढाउनेदेखि खेल क्षेत्रमा अभिप्रेरित गर्न सघाउने विश्वास व्यक्त गरिन् । महिला सशक्तीकरणका कुरा गरिरहँदा व्यवहारमा पनि ती काम हुनुपर्ने बताउँदै तल्लो तहबाटै अभियान चलाउने अवस्था आएकाले यस प्रकारका कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । खेलकुदका माध्यमबाट अनुशासनका कुराको साथै, उनीहरुको संवेगात्मक विकासमा पनि टेवा पुग्नेछ’ उनले भनिन् ।

सामाजिक विकास समिति संयोजक एवम् प्रतियोगिता समिति संयोजक राममणि पाण्डेले पालिकाले खेलकुद विकास समिति गठन गरेर खेलकुदको समग्र विकासका लागि पहल गरिरहेको बताए । उनले आगामी दिनमा खेलकुदको पूर्वाधार विकाससँगै खेलाडी उत्पादनका लागि प्रशिक्षक नियुक्ति गरेर विशेष रुपमा काम हुने बताए । यो पटकको मेयर कप फुटबल र उपमेयर कप छात्रा भलिबल प्रतियोगिताबाट आएका सल्लाह सुझावलाई आत्मसात गर्दै आगामी वर्षहरुमा थप व्यववस्थित गर्दै लैजाने पनि जानकारी गराए ।

प्रतियोगिताको उदघाटन खेलमा साविक विजेता पद्मोदय पब्लिक नमूना मावि भरतपुर, ज्ञानसिन्धु मावि घोराही र महेन्द्र मावि धर्नाले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा साविक विजेता पद्मोदय मावि भरतपुरले मावि रतनपुरलाई हराउँदै विजयी शुरुवात गरेको छ । पद्मोदयले रतनपुर माविलाई २५–५ र २५–१२ को सोझो सेटमा हराएको हो ।

यसैगरी, दोश्रो खेलमा ज्ञानसिन्धु मावि घोराहीले मावि हापुर बिजौरीलाई २५–१८ र २५–१८ को सोझो सेटमा हराएको छ । तेश्रो खेलमा महेन्द्र मावि धर्नाले गंगा मावि रामपुरलाई २५–६ र २५–५ को सोझो सेटमा हराउँदै अर्को चरणमा प्रवेश गरेको छ । शुक्रबार भएको तीन वटै प्रतियोगितामा पराजित भएका टीम बाहिरिएका छन् भने विजयी भएका पद्मोदय मावि भरतपुर, ज्ञानसिन्धु मावि घोराही र महेन्द्र मावि धर्ना अन्तिम आठमा पुगेका छन् ।

यसअघि पनि पद्मोदय मावि भरतपुरले पहिलो र दोश्रो संस्करणको प्रतियोगिता जितेको थियो । पहिलो संस्करण २०७६ मा गोरखा मावि घोराही र दोश्रो संस्करण २०७७ मा ज्ञानसिन्धु मावि घोराहीलाई फाईनलमा हराउँदै पद्मोदयले उपाधि जितेको थियो । गत वर्ष भने कोरोनाका कारण प्रतियोगिता स्थगित भएको थियो ।

जारी प्रतियोगितामा उपमहानगरपालिका भरका १६ वटा विद्यालयले भाग लिएका छन् । दुई समुह बनाएर खेलाईने खेल नकआउटका आधारमा रहेको छ । समुह ए मा पद्मोदय पब्लिक नमूना मावि भरतपुर, मावि रतनपुर, गंगा मावि रामपुर, महेन्द्र मावि धर्ना, गोरक्ष रत्ननाथ मावि चौघेरा, स्टार बोर्डिङ स्कुल, हापुर मावि निघुवार र मनकामना बोर्डिङ स्कुल रहेका छन् । समुह बी मा ज्ञानसिन्धु मावि घोराही, मावि हापुर बिजौरी, सरस्वती मावि भरतपुर, बालविकास मावि घोराही, मावि रझेना, जयशेर मावि रावतगाउँ र सिद्धरत्ननाथ मावि नारायणपुर रहेका छन् ।

आगामी ११ गते फाईनल खेल खेलाउने गरी खेल तालिका बनाईएको छ । घोराहीको जिल्ला समन्वय समितिको शहिद मन्चको कोर्टमा जारी प्रतियोगितामा हरेक दिन ३ वटा खेल आयोजना गरिने भएको छ । कुल १५ वटा खेल हुने गरी तालिका बनाइएको छ ।

आगामी प्रतियोगिता अन्तरर्गत शनिबार बालविकास मावि घोराही र सरस्वती मावि भरतपुर बीच खेल हुनेछ भने गोरक्ष रत्ननाथ मावि चौघेरा र स्टार बोर्डिङ स्कुल घोराही बीच खेल हुने भएको छ । यस्तै, दोश्रो दिनको अन्तिम खेलमा गोरखा मावि घोराही र मावि रझेनाबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?