ट्रेंडिंग:

>> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई
आठौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट भलिबल कप २०७९

उद्घाटन खेलमा छात्रतर्फ मणिमुकुन्द विजयी

६ माघ २०७९, शुक्रबार
६ माघ २०७९, शुक्रबार

बुटवल, ६ माघ ।

विद्यालयस्तरका भलिबल खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यका साथ रुपन्देहीमा माविस्तरिय छात्रछात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । एभरेष्ट बोर्डिङ स्कुलको आयोजनामा शुक्रबारदेखि आठौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट भलिबल कप छात्रछात्रा भलिबल प्रतियोगिता २०७९ सुरु भएको हो । प्रतियोगिताको एक समारोहका बीच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको उद्घाटन गर्दै एभरेष्ट स्कुल नेपालकै भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान दिएको बताए । सरकारबाट गरिनुपर्ने खेल क्षेत्रको विकासमा निजी क्षेत्रबाट भएका लगानी र योगदानप्रति विशेष आभार ब्यक्त गर्दै प्रदेश समन्वय गरी अघि बढ्न तयार रहेको बताए । राष्ट्रिय स्तरको खेलाडी तयार हुन विद्यालय स्तरमा खेल गतिविधि जरुरी रहने भन्दै यसमा ध्यान दिन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने सुझाव दिदै अध्ययन अध्यापनसंगै खेलकुद गतिविधिमा आफुहरु अगाडि रहेको दाबी गरे । खेलकुदले विद्यार्थीहरुको शारीरिक, मानसिक र अनुशासित बनाउन समेत मद्दत मिल्ने भन्दै उनले विधागत रुपमा प्रशिक्षकको नियुक्ति गरेर विभिन्न खेलमा नियमित प्रशिक्षण दिदै आएको बताए । ‘स्थानीय, जिल्लामा मात्र नभई राष्ट्रिय स्तरकै खेलाडीहरु उत्पादन गर्न सफल भएका छौ’– उनले भने ।

कार्यक्रममा राष्ट्रिय महिला टिमको प्रशिक्षक जगदिश भट्टले ३ दशकदेखि देशको भलिबल खेलको विकासमा निरन्तर आफू अग्रसर रहेको बताए । राष्ट्रिय खेल भलिबलको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यमा विद्यालयको अभियान निक्कै उदाहरणीय भएको बताए । कुनाकन्दरामा लुकेर रहेका प्रतिभाहरुलाई खोजेर प्रशिक्षण दिई प्लेटफर्मका रुपमा विकास गराउन विद्यालय सफल भएको समेत उनले बताए । खेलकुद केवल खेल र खेलाडी बन्नेमात्र नभई एउटा स्वस्थ्य नागरिक निर्माण गर्न समेत महत्वपूर्ण हुने उनले दाबी गरे ।
कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले गुणस्तरीय शिक्षा कायम राख्दै जिल्लामा भएका विद्यालयका विद्यार्थीहरुका बिचमा भाईचारा विकास गराउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको सफलताको शुभकामना दिए ।

एभरेष्ट बोर्डिङ स्कुलको भलिबल कोर्टमा भएको उद्घाटन खेलमा मणिमुकुन्द माबि विजयी भएको छ । मणिमुकुन्दले देवदह माबिलाई २–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो। पहिलो सेट २५–९ तथा दोस्रो सेट २५–१९ को अंकले जित्दै मणिमुकुन्द दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा तृतीय टिमलाई नगद १० हजार रुपैया, रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएको संयोजक घिमिरेले बताए ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य भिमसेन गौतम, जिल्ला भलिबल संघका उपाध्यक्ष लोकेन्द्र भण्डारी, स्कुलका अध्यक्ष गम बहादुर रेश्मीले विद्यालय शैक्षिकमात्र नभई विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने गरी खेलकुदमा योगदान गरेको बताए । अघिल्लो संस्करणमा छात्रतर्फ मणिमुकुन्द र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुल विजयी भएका थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?