Butwal Today

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैन: राप्रपा नेता शाही

२७ जेष्ठ २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सीमानाको विषय अति संवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले वक्तव्य दिएपछि समय लिएर सांसद शाहीले नेपालले भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति सच्याइनुपर्ने माग दोहोर्‍याए । सीमानामा रहेका नेपालीहरू हरेक दिन देशको रक्षाका लागि लडिरहेको तर्फ सदनले गम्भीरताका साथ लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?