Butwal Today

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

२७ जेष्ठ २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विवाद उत्पन्न भएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले नै सदनमा आएर जवाफ दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राईले संसद्प्रति सरकार उत्तरदायी हुनै पर्ने जिकिर गरे । सत्तापक्ष र विपक्षीबिच सहमतिको प्रयासका कारण बिहान ११ः०० बजेका लागि प्रतिनिधिसभाको आजको बैठक अहिले १५ः१५ बजे सुरु भएको थियो ।

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?