Butwal Today

नेपाली कम्पनीलाई विदेशी धितो पत्र बजारमा सूचीकृत हुन बाटो खुला

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  सरकारले नेपाली धितो पत्र बजारमा सूचीकृत कम्पनीलाई विदेशी धितो पत्र बजारमासमेत सूचीकृत हुन सक्ने व्यवस्था गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन ।

बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लले नेपाली धितो पत्र बजारमा सूचीकृत कम्पनीले तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितो पत्र बजारमा सूचीकृत हुन सक्ने गरी ‘ग्लोबल डिपोजिटरी रिसिट’ जारी गर्न पाउने व्यवस्था मिलाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?