Butwal Today

टिपरको ठक्करबाट १ जनाको मृत्यु

१४ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

कर्णाली ।  सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका पैदल यात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ । भेरीगङ्गा नगरपालिका- सुर्खेत कालापानीका २३ वर्षीय वलीको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार कालापानी खोलाबाट सत्तरी भन्ने ठाउँतर्फ जाँदै गरेको कप्र ०२-००१ ख ०६४७ न को टिपरले पैदल यात्री वलीलाई बुधबार राति ठक्कर दिएपछि घाइतेका बुबा दलबहादुर वलीले उपचारका लागि राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याएका थिए ।

उपचारका क्रममा आज प्रदेश अस्पताल सुर्खेतले वलीलाई मृत घोषणा गरेको छ । टिपर चालक वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेतका ५२ वर्षीय मानबहादुर चौधरीलाई बुधबार घटनास्थलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?