Butwal Today

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

१४ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ  । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्तिको कामना गरेका छन् ।

इदका अवसरमा उनले आज शुभकामना सन्देश जारी गर्दै सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले यस्ता चाडपर्वका माध्यमबाट सबै धर्मावलम्बी, जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धिमा सहयोग पुग्ने सन्देशमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?