ट्रेंडिंग:

>> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई

लुम्बिनीमा खेल महोत्सव सुरु

४ माघ २०७९, बुधबार
४ माघ २०७९, बुधबार

बुटवल, ४ माघ ।

लुम्बिनी बोर्डिङ स्कुलमा खेल महोत्सव सुरु भएको छ । बुटवलमा शैक्षिक र खेलकुद गतिविधिमा नमुना विद्यालयले ३ दिने खेलकुद सुरु गरेको हो । एक कार्यक्रमका बीच बुटवल वडा नं. ३ का कार्यबाहक वडाअध्यक्ष हरिनारायण मिश्रले उदघाटन गर्दै अतिरिक्त क्रियाकलापको रुपमा मात्र नभई अनिवार्य क्रियाकलाप बनाउनुपर्ने सुझाव दिए ।

बालबालिकाहरुलाई पढाईसंँगै खेलकुद गतिविधिमा आवद्ध गराएर उनीहरुमा लुकेको प्रतिभा प्रष्फुटन गराउन सकिने उनले बताए । मानिसमा अनुशासन बिना सफलता नमिल्ने भन्दै अनुशासन र असल संगत सधै जरुरी हुने उनले बताए ।

कार्यक्रममा लुम्बिनी बोर्डिङ स्कुलका अध्यक्ष कृष्ण गौतमले विद्यालय बालबालिकाको सिकाई गर्ने थलो भएको भन्दै शिक्षा र खेलकुद गतिविधिबाट बालबालिकाहरुको भविष्य निक्र्यौल गर्न मद्दत मिल्ने बताए ।

कार्यक्रममा लुम्बिनी बोर्डिङ स्कुलका प्राचार्य लालहरि पाण्डे, उपप्राचार्य कौशल बस्याल, गोलपार्क प्रहरी बिटका प्रमुख मेख बहादुर लामटार, संयोजक सुदिप बस्यालले सानै उमेरबाट खेलकुदमा जोडिदा यसबाट दक्ष खेलाडी उत्पादन गर्न मिल्ने बताए ।

कार्यक्रममा अतिरिक्त क्रियाकलाप गणेश चौधरीले बालबालिकाहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि विद्यालयको कक्षागत रुपमा प्रि नर्सरी, जुनियर, सिनियर गरी समूहगत रुपमा ब्लाईड शुट, टक अफ वार, सेक रेस, हट पोटाटो, टेबलटेनिस, स्लो साईकल लेस, बेलुन ब्लास्ट, बल थ्रो, थ्रि लेगरेस, ब्याडमिन्टन , म्युजिकल चेयर, एक सय, २ सय मिटर दौड, क्वाईन एण्ड पाउडर, मेमोरी टेष्ट, भलिबल प्रतियोगिताहरु संचालन हुने बताए ।

यसैबीच खेल महोत्सवको पहिलो दिन विद्यार्थीहरुबाट मार्च पास कार्यक्रम गरिएको छ । विद्यालय परिसरबाट सुरु गरिएको मार्चमास गोलपार्क, चिडियाखोला परिक्रमा गरी पुनः विद्यालयमा समापन गरिएको थियो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?