Butwal Today

प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेस

३ जेष्ठ २०८३, आइतबार
अ+
अ-

मोरङ । कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम पाँचौँ वार्षिक (आव २०८१÷८२) प्रतिवेदन पेस गरेका हुन ।
प्रमुख खापुङले दलित समुदायमा माथि हुने विभेद अन्त्यका लागि कानुनको कडाइका साथ कार्यान्वयन हुनु आवश्यक रहेको धारणा राखे। आयोगका सदस्य सुन्दर पुर्कोटीले दलितमाथि हुने विभेद र छुवाछुत अन्यका लागि तीन तहको सरकारले वर्ममान कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?