Butwal Today

आज बुटवलमा भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको प्रदर्शन

३ जेष्ठ २०८३, आइतबार
अ+
अ-

बुटवल । सरकारले वर्षौंदेखि बस्दै आएका लालपूर्जाविहीन बस्तीमा डोजर चलाएर आतंक मच्याएको भन्दै बुटवलमा आज सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गर्दैछन्।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा आज बुटवलमा प्रदर्शन हुन लागेको हो। बुटवलको राजमार्ग चौराहामा जम्मा भएर दिउँसो १ बजे शुरु हुने प्रदर्शन ट्राफिकचोक पुगेर सभामा परिणत हुने आयोजकले बताएका छन् ।

प्रदर्शनमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको उल्लेख्य वस्ती रहेका २२ बढी जिल्लाबाट सहभागिता हुने संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले भने ।

सरकारले विना विकल्प गरिब सुकुमवासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठीबास लगाउने कार्य गरेकाले यसको सशक्त विरोध गर्न प्रदर्शन गर्न लागिएको उनले बताए । प्रदर्शनमा ३० हजार बढी सुकुमवासी तथा अव्यवस्थित बसोबासीको उपस्थिति हुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?