Butwal Today

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

३० बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।  राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३र८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । सभाको आजको बैठकमा दलीय आधारमा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि १९ जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्तावसहित आठ वटा संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिए ।

त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘राष्ट्रपतिबाट २०८३ वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८३र८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?