Butwal Today

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

३० बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन)  नियमावली, २०८३ स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ । बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?