© 2026
पाटन (ललितपुर) । सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ ।
ललितपुरको जावलाखेलमा आज दिउँसो ११ः४५ देखि सुरु भएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी छन् ।
वैशाख २६ र २७ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तयअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ ।